‘सहकारी अभियान’ संचालन गर्ने सरकारको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

‘सहकारी अभियान’ संचालन गर्ने सरकारको घोषणा

काठमाडौं, २५ पुस । सरकारले ‘सहकारी अभियान’ संचालन गर्ने घोषणा गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमाकुमारी अर्यालले मुलुकको समृद्धिका लागि ‘सहकारी अभियान’ संचालन गर्ने घोषणा गरेकी हुन् ।

बुधबार काठमाडौंमा आयोजित राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालको २६ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले सहकारी अभियान संचालनका लागि आवश्यक योजना र कार्यक्रम तय गर्न पनि सहकारी संस्थाहरुलाई आह्वान गरिन् ।

मन्त्री अर्यालले सहकारी क्षेत्र मुलुकको समृद्धि र गरिवी निवारणको आधारको रुपमा रहेको उल्लेख गर्दै त्यसका लागि सरकारले आवश्यक सबै खालको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

मन्त्री अर्यालले समृद्धिको सपना बोकेर हिँडेको सहकारी क्षेत्रलाई अघि बढाएर मुलुकलाई समृद्ध बनाउने कुरामा सरकार ढुक्क रहेको जानकारी दिइन् । नेपालमा करिव ३४ हजार ५ सय सहकारी संस्थाहरु रहेका छन् । ती संस्थाहरुसँग सहकार्य गरेर मुलुकलाई समृद्ध बनाउने मन्त्री अर्यालको योजना छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);