सहकारी क्षेत्रमा प्राज्ञिक सहकारीकर्मीको आवश्यक : पद्माकुमारी अर्याल | ईमाउण्टेन समाचार

Our Network

असार ३ २०८१, आइतबार

सहकारी क्षेत्रमा प्राज्ञिक सहकारीकर्मीको आवश्यक : पद्माकुमारी अर्याल

padma aryal

काठमाडौं, ९ मंसिर । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले दक्ष सहकारीकर्मीको आवश्यकतामा जोड दिनु भएको छ ।

सोमवार सहकारी शिक्षाको लागि पाठ्क्रम विकास गर्ने उद्येश्यले राजधानीमा आयोजित एक गोष्ठीमा मन्त्री अर्यालले रोजगारीको सिर्जना गरी अर्थतन्त्रलाई योगदान पु¥याउने महत्वपूर्ण क्षेत्र सहकारी भएकाले क्षमतावान प्राज्ञिक सहकारीकर्मीको आवश्यकता रहेको बताउनु भएको हो । उहाँले नेपालमा ३५ हजार सहकारी रहेको तर सहकारी शिक्षाको पाठ्क्रम विकास नहुँदा युवाहरुलाई सहकारीमा आकर्षित गर्न नसकिएको पनि बताउनुभयो ।

‘राष्ट्रिय सहकारी नीति २०६९’ ले सहकारी शिक्षालाई माध्यमिक, उच्च माध्यमिक तथा उच्च शिक्षाको पाठ्यक्रममा समावेस गर्ने नीति लिएको छ । तर सरकारले अहिलेसम्म सहकारी शिक्षा पाठ्क्रमको विकास गर्न भने सकेको छैन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);