सरकारद्वारा जग्गाको कित्ताकाट फुकुवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सरकारद्वारा जग्गाको कित्ताकाट फुकुवा

काठमाडौं, २७ पुस । सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमाकुमारी अर्यालले जनताले सास्ती व्यहोर्नु परेको भन्दै जग्गाको कित्ताकाट फुकुवा गर्ने निर्णय गरिएको जानकारी दिइन् ।

शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले स्थानीय तहले खेतीयोग्य जग्गा होइन भनेर सिफारिस गरेपछि जग्गा कित्ताकाट गर्न पाउने पनि स्पष्ट पारिन् । सर्वोच्च अदालतको आदेश, राष्ट्रिय सतर्कता केन्द्रको अध्ययन प्रतिवेदन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन र जनप्रनितिधिहरुको राय, सुझावलाई ध्यानमा राखेर जग्गाको कित्ताकाट फुकुवा गर्ने निर्णय लिइएको मन्त्री अर्यालको भनाई छ ।

मन्त्री अर्यालले जग्गाको कित्ताकाट गर्ने निर्णय कार्यान्वयनमा ल्याउन सरकारले स्थानीय तहका प्राविधिक समिति बनाउने गरी ‘भू–उपयोग नीति’ लागू गरेको उल्लेख गरिन् । २०७४ साल साउन २६ गतेबाट जग्गाको खण्डिकरण गर्न सरकारले रोक लगाएको थियो । तर त्यसले जनतालाई सास्ती दिएपछि सो निर्णय खारेज गर्न बाध्य हुनु परेको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको दावी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);