एक महिनाभित्रमा कित्ताकाट माथिको प्रतिबन्ध हट्छ : कृषिमन्त्री खनाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

एक महिनाभित्रमा कित्ताकाट माथिको प्रतिबन्ध हट्छ : कृषिमन्त्री खनाल

रुपन्देही तिलोत्तमाका १ सय १२ घरधुरीले ५० वर्षपछि पाए लालपुर्जा

रुपन्देही, ३० असार । रुपन्देही तिलोत्तमा नगरपालिका वडा नम्बर १५ र १७ का १ सय १२ घरधुरीले ५० वर्षपछि जग्गा धनी प्रमाणपत्र पाएका छन् । २०२५ सालमा नापी हुँदा छुटेका उनीहरुलाई ५० वर्षपछि शनिबार लालपुर्जा वितरण गरिएको हो ।

जग्गाधनी प्रमाणपत्र वितरण गर्दै कृषिमन्त्री चक्रपाणी खनालले अब मुलुकभर एक महिनाभित्र कित्ताकाटमाथिको प्रतिबन्ध हटाइने बताए । रुपन्देहीको तिलोत्तमा नगरपालिका र नापी कार्यालय भैरहवाको आयोजनामा भूमिव्यस्था, कृषि तथा सहकारीमन्त्री चक्रपाणी खनालले नम्बर १५ र १७ का एक सय १२ घरधुरीलाई जग्गाधनी प्रमाणपत्र प्रदान गरेका हुन् ।

कार्यक्रममा नापी कार्यालय रुपन्देहीका प्रमुख नापी अधिकृत जनकबहादुर भण्डारीले प्रक्रिया पूरा गरेर क्रमशः तिलोत्तमा नगरपालिकामा रहेका अन्य गाउँब्लक जग्गाको पनि जग्गाधनी प्रमाणपत्र वितरण गरिने जानकारी दिए ।

तिलोत्तमाका अन्य वडामा पनि गाउँब्लक जग्गा छ । उपयोग गरेको वर्षौंपछि जग्गाधनी प्रमाणपत्र पाउँदा स्थानीय बासिन्दा हर्षित भएका छन् । जग्गाधनी प्रमाणपत्र वितरण गर्दै मन्त्री खनालले कृषियोग्य जमिनलाई खण्डीकरण हुनबाट जोगाउन कित्ताकाट रोकिएको भए पनि अंशबण्डाका नाममा कित्ताकाट गरी बिक्री–वितरण भइरहेको बताए ।

त्यसैले जग्गाको कित्ताकाटमा लगाएको प्रतिबन्ध एक महिनाभित्र फुकुवा गर्ने तयारीमा सरकार रहेको उनले जानकारी दिए । स्थानीय तहले भू–उपयोग योजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा मन्त्री खनालको जोड थियो ।

यसअघि, प्रदेश सांसद दधिराम न्यौपानेले जग्गाको कित्ताकाट रोकिँदा मालपोत र नापी कार्यालयमा धेरै विकृति देखिएको जानकारी गराए ।

त्यस्तै, नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले कित्ताकाटमा लगाइएको रोकले ल्याएको समस्याप्रति जानकार रहे पनि आफूहरु नीतिभन्दा बाहिर जान नसक्ने बताए ।

तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले नगरभित्रको जग्गाको वैज्ञानिक व्यवस्थापनमा नगरपालिका क्रियाशील रहेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);