युद्धस्तरमा काम अघि बढाउन सबै मन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

युद्धस्तरमा काम अघि बढाउन सबै मन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, ३० असार । प्रधानमन्त्री केपी ओलीले कामलाई युद्धस्तरमा अघि बढाउन सबै मन्त्रालयलाई कडा निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले शनिबार पनि १३ वटा विषयगत मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पेशपछि मन्त्रीहरुको कामलाई युद्धस्तरमा अघि बढाउन निर्देशन दिए । सिंहदरबारमा जारी छलफलमा उनले समय सीमा तोकेर देश र जनताको हितमा कामलाई युद्धस्तरमा अघि बढाउन ढिलाई गर्न नहुने बताए ।

यस अघि प्रधानमन्त्री ओलीले १२ वटा विषयगत मन्त्रालयको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबारे मन्त्रीहरुसँग सामूहिक छलफल गरेका थिए । आज १३ वटा मन्त्रालयसँग छलफल जारी रहेको र कामलाई युद्धस्तरमा अघि बढाउने गरी अघि बढ्न प्रधानमन्त्रीले निर्देशन दिएको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटलाई प्रभावकारी ढंगले संचालन गर्न मन्त्रीहरुलाई कार्यान्वयन कार्ययोजना तय गर्न निर्देशन दिएका थिए । सोही निर्देशन अनुसार मन्त्रीहरुले पेश गरेको कार्ययोजनामाथि शनिबार पनि छलफल जारी छ ।

कार्ययोजनामा बजेट र त्यसको कार्यान्वयन गर्ने मिति सहितको योजना पनि समेटिएको सरकारका प्रवक्ता बास्कोटाले बताए । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट यही श्रावण १ गतेदेखि कार्यान्वयनमा लैजानेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);