सरकारविरुद्ध राजधानीको माइतीघर मण्डलामा प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

सरकारविरुद्ध राजधानीको माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं, ३० असार । वरिष्ठ चिकित्सक गोविन्द केसीका समर्थकले सरकारविरुद्ध राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

चिकित्सा क्षेत्रको सुधारको माग राखेर विगत १५ दिनदेखि जुम्लामा अनसनरत डाक्टर केसीले राखेका मागहरु पूरा गर्न सरकारलाई दबाब दिन डाक्टर केसीका समर्थकहरूले शनिबार प्रर्दशन गरेका हुन् ।

विरोध गर्न पाउने नागरिकको अधिकारलाई समेत कुण्ठित पार्ने गरी सरकारले निषेधित क्षेत्र तोकेकोमा पनि उनीहरुले विरोध गरेका छन् ।

सोलिडारीटी फर प्रोफेसर गोविन्द केसी अभियानले गरेको कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका युवा नेता गगन थापा, त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा, विवेकशील साझा पार्टीका संयोजकद्वय रवीन्द्र मिश्र र उज्वल थापा, गायक अमृत गुरुङ, नेपाल मेडिकल एशोसिएसनका पूर्वअध्यक्ष डाक्टर केदार नरसिंह केसीलगायत केसीका समर्थकहरू उपस्थित रहेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);