राजपा संसदीय दलको नेतामा ठाकुर सर्वसम्मत | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

राजपा संसदीय दलको नेतामा ठाकुर सर्वसम्मत

mahantha thakur

काठमाडौँ, ३० असार । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संसदीय दलको नेतामा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर सर्वसम्मत चयन भएका छन् । राजपा संसदीय दलको बैठकले ठाकुरलाई संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन गरेको हो । राजपाको बैठक आज सिंहदरबारमा बसेको थियो ।

नेता राजेन्द्र महतोको प्रस्तावमा अध्यक्ष मण्डलका संयोजक ठाकुरलाई दलको नेतामा सर्वसम्मतिले चयन गरिएको पार्टीका नेता राजकिशोर यादवले जानकारी दिए । उनले दलको नेता चयनसँगै राष्ट्रिय जनता पार्टी भित्र विवाद रहेको भन्ने आरोप सत्य नभएको पुष्टि भएको दावी गरे ।

यसैबीच, राष्ट्रिय जनता पार्टी, नेपालका नवनिर्वाचित संसदीय दलका नेता महन्थ ठाकुरले संसदमा पार्टीको भूमिकालाई प्रभावकारी बनाएर लैजाने प्रतिवद्धता व्यक्त गरे । दलको नेता चयन भएपछि उनले पार्टीका सांसदहरुबीच संसदमा दलको भूमिकालाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

संसदमा पार्टीको भूमिकालाई प्रभावकारी बनाउने र सरकारको कामलाई गुण र दोषको आधारमा विश्लेषण गरेर जाने दलका नवनिर्वाचित नेता ठाकुरले बैठकमा प्रतिवद्धता व्यक्त गरेको नेता यादवले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);