काठमाडाैं, ३० असार । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपाली भाषा, साहित्य र संस्कृतिलाई समय अनुकूल परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिएका छन् ।
मन्त्री ज्ञवालीले पुनर्जागरण अभियान नै संचालन गरेर नेपाली भाषा, साहित्य र संस्कृतिलाई आधुनिकतासँग जोड्न ढिलाई गर्न नहुने पनि स्पष्ट पारे । भानु जयन्तिको अवसर पारेर मदन भण्डारी कला साहित्य प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सामूहिक भावमा आधारित रहेर मात्रै भाषा, साहित्य र संस्कृतिलाई मानव जातिको उत्थानमा लगाउन सकिने धारणा राखे ।
परराष्ट्रमन्त्री ज्ञवालीले व्यक्तिवाद, उपभोक्तावाद र मुलुकमा बढ्दै गएको सांस्कृतिक असहिष्णुतालाई हटाउन सामूहिक भावका साथ अघि बढ्नुको विकल्प नरहेको बताए ।





