आदिकवि भानुभक्त आचार्यको आज २०५ औं जन्मजयन्ती | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

आदिकवि भानुभक्त आचार्यको आज २०५ औं जन्मजयन्ती

bhanu bhakta acharaya

काठमाडौं, २९ असार । आदिकवि भानुभक्त आचार्यको २ सय ५ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

१८७१ सालको असार २९ गते तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका कोखबाट जन्मिएका आचार्यले नेपाली भाषा साहित्यलाई आधुनिकतातर्फ उन्मुख गराएका थिए । आचार्यले अध्यात्म रामायणको भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको विजारोपण गरेका थिए । उनले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा अनुवाद गरेका थिए ।

आचार्यले लेखेका रामायणका श्लोक आज पनि उत्तिकै लोकप्रिय छन् । उनका प्रश्नोत्तर, भक्तमाला, वधूशिक्षा, रामगीतासँगै विभिन्न फुटकर कविता प्रकाशित छन् । भानुभक्तको सम्झनामा नेपालका अलावा भारतका आसाम, दार्जिलिङ, सिक्किम लगायत स्थानमा विभिन्न कार्यक्रम गरिंदै छ ।

भानु जयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले काठमाडौंमा त्रिदिवसीय बृहत् हिमवत्खण्ड कला साहित्य सम्मिलन गर्दै छ ।

अघिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);