दुई शताब्दीपछि पनि आदिकविको उत्तिकै सम्मान | ईमाउण्टेन समाचार

Our Network

माघ १७ २०७९, मंगलबार

दुई शताब्दीपछि पनि आदिकविको उत्तिकै सम्मान

bhanu-jayanti

काठमाडौं, २९ असार । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको आज २०५ औं जन्म जयन्ति देशभर विविध कार्यक्रम गरि मनाईएको छ । नेपाली भाषाको माध्यामबाट नेपाल र नेपालीलाई एकिकृत गर्न योगदान पुर्‍याएका कविलाई दुइ शताव्दीपछि पनि उत्तिकै श्रद्धापूर्वक स्मरण गरिएको छ ।

विक्रम सम्वत १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घाका आचार्य ब्राह्मण परिवारमा जन्मिएका आदिकवि भानुभक्त आचार्यले ऋषि बाल्मीकिले संस्कृतमा लेखेको रामायणलाई नेपाली भाषामा अनुवाद गरी आम नेपाली जनविब्रोमा पुर्‍याएका थिए । भानुभक्तको इहलिला समाप्त भएको पनि डेढ सय वर्ष पुरा भएको छ । तर, उनले नेपाली समाजलाई दिएको योगदानका कारण आजपनि उतिकै सम्मानपूर्वक स्मरण गरिदै आएको छ । भानुभक्तको स्मृतिमा आजपनि कविमन भावुक भएर कविता प्रस्फूटन गर्ने गर्छन् ।

२०४ वर्षअघि माता धर्मावतीदेवी र पिता धनञ्जय आचार्यका छोरा भानुभक्तको शिक्षादीक्षा बाजे श्रीकृष्ण आचार्यको रेखदेखमा भएको थियो । भारतको वानारशमा केही समय शिक्षा लिएका भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा ढालेपछि रामायण आम नेपाली जनजिब्रोमा बस्न सफल भएको थियो ।

बुधुशिक्षा, भक्तमाला, प्रश्नोत्तर, रामगीता लगायत थुप्रै फुटकर रचना नेपाली भाषीमाझ लोकप्रिय छन् । जहाँ जुन प्रसङग आउँछ, त्यही तत्काल कविता रच्न सक्ने क्षमताका कारण भानुभक्तलाई आशु कविका रुपमा समेत चिनिन्छ । नेपाली भाषामा रामायण उल्था गरेपछि नेपालीको साझा भाषाका रुपमा नेपाली भाषा स्थाविपत भएको थियो । नेपाली रामायणको प्रभावकै कारण नेपाली भाषामा साहित्य रचना सुरु भएको समेत मानिन्छ । त्यही योगदानका कारण पनि भानुभक्तलाई राष्ट्रिय विभूतिको सम्मान दिइएको छ ।

आदिकवि भानुभक्तको लोकप्रियताका कारण देशभर सयौं शालिक निर्माण भएका छन् भने देशका विभिन्न स्थान र चोकको नाम समेत भानुभक्तको नामबाट गरिएको छ । तर, मोतिराम भट्टले भानुभक्तका बारेमा गरेको अनुसन्धानबाहेक सरकारीस्तरबाट भानुभक्तका विषयमा अध्ययन, अनुसन्धान तथा भाषासहित्य विकासको काम हुन सकेको छैन ।

आदिकवि भानुभक्त एक कवि मात्र नभएर नेपाली साहित्यका पथप्रदर्शकसमेत हुन् । भानुभक्तको निधन विक्रमसम्बत १९२५ मा भएको थियो ।