२०६ औं भानु जयन्ती विभिन्न कार्यक्रम गरी मनाइयो | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

२०६ औं भानु जयन्ती विभिन्न कार्यक्रम गरी मनाइयो

काठमाडौं, २९ असार । नेपाली साहित्यिक क्षेत्रका अग्रणी व्यक्तित्व आदिकवि भानुभक्त आचार्यको २ सय ६ औं जन्मजयन्ती आइतबार देश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । भानुजयन्तीको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा विभिन्न व्यक्तिहरुले भानुभक्तको योगदानको चर्चा गरेका छन् ।

२ सय ६ वर्ष अगाडी विक्रम सम्वत् १८७१ असार २९ गते तनँहुको रम्घामा आदिकवि भानुभक्त आचार्यको जन्म भएको थियो । नेपाली साहित्यमा प्रश्नोत्तर, वधूशिक्षा जस्ता कविताका साथै भक्तमाला लगायत चर्चित ग्रन्थ रामायण नेपालीमा अनुवाद गरेका आचार्यको नेपाली भाषा वाङ्मयमा उल्लेखनीय योगदान रहेको छ ।

नेपाली बाङ्ग्मयका ज्योति भानुभक्त आचार्य राणाकालीन संकटपूर्ण, अस्थिर वातावरणभित्र रामको आदर्श सृष्टि गर्ने एक मार्गदर्शक पनि थिए । भानुजयन्तीको अवसरमा आइतबार काठमाडौंमा भएको कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषालाई एकतावद्ध बनाए जसरी नै परिवर्तित सन्दर्भमा साहित्यकारहरुले पनि समृद्ध नेपाल सुःखी नेपाली को राष्ट्रिय आकांक्षालाई पूरा गर्न विशेष योगदान दिन जरुरी रहेकोमा जोड दिनुभयो ।

भानु जयन्तिकै अवसर पारेर भानु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा राष्ट्रकवि माधवप्रसाद घिमिरे र उहाँकी धर्मपत्नी महाकाली घिमिरेलाई रथारोहण गराइएको थियो । कार्यक्रममा राष्ट्रकवि माधव घिमिरेलाई सम्मान समेत गरिएको छ । कार्यक्रममा अभिनन्दित व्यक्तित्व राष्ट्रकवि घिमिरेले विश्वमा छरिएर रहेका सबै नेपालीहरुलाई भाषाको माध्यमबाट एउटै सुत्रमा बाँध्ने भानुभक्त आचार्य सबैका पूजनीय व्यक्तित्वको रुपमा सदा रहिरहनुपर्ने पनि उल्लेख गर्नु भयो ।

रामायणलाई नेपालीमा अनुवाद गरेर भानुभक्तले नेपाली भाषालाई एकताको सुुत्रमा बाँध्न पु¥याउनु भएको योगदान अतुलनीय रहिआएको छ । आचार्यलाई मोतिराम भट्टले पहिलो पटक नेपाली भाषाका आदिकविको उपाधि दिएका थिए । उनै आदीकवि भानुभक्तको योगदानलाई सम्झेर हरेक वर्ष देश तथा विदेशमा भानुजयन्ती मनाउने गरिएको छ ।

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

७ घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

७ घन्टा अघि

Duel Bet: The Casino Showdown

७ घन्टा अघि