पोलले नै नथेग्ने अव्यस्थित तारले कुरुप बन्दै राजधानी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

पोलले नै नथेग्ने अव्यस्थित तारले कुरुप बन्दै राजधानी

taar

सीता शर्मा
काठमाडौं, २९ असार । विद्युत पोलमा अव्यस्थित रुपमा राखिएका विद्युत,केवल टिभि र इन्टरनेट सेवा प्रदायक कम्पनीका तारले शहरलाई कुरुप बनाइरहेको छ । जथाभावि रुपमा तार राख्न अनुमती दिँइदा अहिले यो समस्या राजधानीमा जटिल बनेको छ । भुईभरी लत्रिएका तारहरुले सडक पेटीमा मानिसलाई आवातजावत गर्न समस्या मात्र भएको छैन गम्भीर दुर्घटना समेत निम्त्याइरहेका छन् ।

पोलले नै नथेग्ने गरी राखिएका यि तारहरुले उपत्यकाको सुन्दरतालाई चुनौति मात्र दिइरहेको छैन्, दुर्घटनाको जोखिम पनि बढाइरहेको छ । नेपाल विद्युत प्राधिकरणले राखेका यि पोलहरुमा केबल टिभि र इन्टरनेट सेवा प्रदायक कम्पनीले शुल्क तिरेर तार राख्ने गरेका छन् । तर मनलाग्दी रुपमा अथाभावि राखिएका यी तारले सडक पेटिमा हिड्ने यात्रुलाई मात्र समस्या पारेको छैन, सवारी आवागमनमा समेत अप्ठारो पारेको छ ।

सवारी साधन आवत जावत गर्ने बिच बाटोमा नै तार झुण्डिएको छ । यो के को तार हो ? कसले यसरी जाथभावि रुपमा काटेर छोडेको छ ? कसैलाई थाहा छैन । नेपाल दुरसञ्चार प्राधिकरणका अनुसार नेपालमा एक सय भन्दा बढी इन्टरनेट सेवा प्रदायक कम्पनी र ८ सय भन्दा बढी केवल टिभिहरुले अनुमती पाएका छन् । यी सबै कम्पनीहरुले आ आफ्नै ढंगले तारहरु पोलमा राखेको पाइन्छ । यसले गर्दा टाफ्रिक व्यवस्थापनमा समेत अप्ठारो भएको छ ।

नेपाल विद्युत प्राधिकरणले पटक पटक अब विद्युतका तारहरुलाई भुमिगत गर्ने बताइरहेको छ । तर त्यो योजना व्यवहारिक रुपमा कार्यान्वयनमा भने आउन सकेको छैन । त्यस्तै इन्टरनेट र केवल टिभिका तार व्यवस्थापन गर्न सहप्रयोग र अप्टिकल फाइबरको विकल्प रहे पनि त्यसलाई प्रयोगमा ल्याउन चुनौती रहेको नेपाल दुरसञ्चार प्राधिकरणले जनाएकोे छ ।

काठमाडौ उपत्यका भरी नै यी अव्यवस्थित तारका फरक फरक नमुना देख्न पाइन्छ । तारहरुलाई भूमिगतरुपमा व्यवस्थापन गरी सहरी सुन्दरतालाई बढाउने भनेर काठमाडौं महानगरले भने पनि भनाई नारामा मात्र सीमित भएको छ । शहरलाई नै कुरुप बनाउने यी तारको व्यवस्थापन नगरिएसम्म सरकारको स्मार्ट सिटी बनाउने योजना सफल हुन नसक्ने स्पष्टै देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);