दुघर्टनाको पासो बन्दै अव्यवस्थित तार (भिडियो) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

दुघर्टनाको पासो बन्दै अव्यवस्थित तार (भिडियो)

काठमाडाैं, ६ असाेज । मुलुकको प्रमुख प्रशासकीय मुकाम काठमाडौ तारै तारले जेलिएको छ। सरकारले दीगो व्यवस्थापन गर्न नसक्दा शहर कुरुप बन्दै मात्रै गएको छैन । सडक आवतजावतमा समेत असुरक्षित बन्दै गएको छ। असुरक्षित तार मानवीय दुर्घटनाको कारण बन्दै गएपनि राज्यको ध्यान पुगको छैन । संघीय राजधानीको मुख्य सडक तथा गल्लीहरु अव्यवस्थित तारका गुल्जारले जेलिएको छ। अस्तव्यस्त तारका कारण राजधानी कुरुप मात्रै भएको छैन ।

दुघर्टनाको कारण बन्दै गएको छ। एउटै पोलमा सयौं फन्को लगाएर बेरिइएका तारको भारले यो बिजुलीको पोल नभई तारहरुको थुप्रो जस्तो बनेको छ। बाटोमा प्रत्येक विद्युतका पोलमा विभिन्न सेवा प्रदायक कम्पनी र संस्थाले भद्रगोल रुपमा तार प्रयोग गर्नाले काठमाडौंको स्वरुप बिग्रदै गएको छ । अव्यस्थित तारलले सहरको दृश्य कुरुप देखिने मात्रै होइन, विभिन्न दुर्घटना समेत निमत्याउदै आएको छ ।

वर्षौ देखि रहदैं आएको काठमाडौं यो समस्या अहिको भने होइन तीनै तहका सरकार जानकार भएपनि कसैको ध्यान नपुग्दा सर्वसाधारणका लागि दुघर्टनाको पासो जस्तो बनेको छ।

सोहि अव्यवस्थित तारको कारण पद्मा मिडिया ग्रुप अन्तर्गतका एमसीआर संयोजक विजयकुमार थिङ दुर्घटनाको सिकार हुनुपर्यो । सोमबार पूरानो बानेश्वरबाट नयाँ बानेश्वर जाने क्रममा अव्यवस्थित तारमा अल्झिएर थिङको घाटीमा चोट लागेको छ । घटनाको बारेमा बताउँदै उहाँ भन्नुहुन्छ, ‘ बाईकमा आउँदा मेरो घटीमा तार फस्यो, धन्न बाईकको गति कम थियो र म बाच्न सफल भए । तारले चाहिँ घाटी रेटेर गयो । ‘

थिङ थप बताउनुहुन्छ, ‘ सरकारले हामीसंग कर लिन्छ तर कर लिएको अनुसारको काम गर्दैन, न बाटो राम्रो न तार व्यवस्थित । कति ठाउँमा त ढलहरु खुलानै छ । यो समस्या महानगरले हेर्ने हो कि सरकारले हो , यसलाई गम्भीर रुपमा लिन पर्यो ।

मुलतः सेवा प्रदायक संस्था तथा कम्पनीबीचको समन्वयको अभावले हो । एकले अर्काेलाई दोष दिदै शहरभरी तारका गुल्जार छ । इन्टरनेट सेवा, नेपाल टेलिकम, केवल अपरेटर प्रदायकले विद्युत प्राधिकरणको पोलमा निश्चित सेवा शुल्क तिरेका छन् । तर, भद्रगोल तारको गुल्जारको सही व्यवस्थापन भएको छैन ।

विद्युत प्राधिकरणले विद्युतीय तार भूमिगतको आयोजना अघि पनि बढाएको छ। तर, प्राधिकरणको आयोजना पनि अधुरै छ । समग्र नगरको विकासको जिम्मा लिएको स्थानीय सरकार समेत यस्तो भद्रगोलप्रति आँखा चिम्लिदै आएको छ।राज्यको व्यवस्थित शहर बनाउने दीर्घकालीन योजनाको अभावमा सधै सर्वसाधारणले सास्ती खेप्न परेको छ ।

भद्रगोल विकासका खडा गरिएका संरचना सेवा दिन भन्दा दुर्घटनाको कारण बन्दै गएका छन् । शहरभरी फिजिएका तारले शहरको सौन्दर्यतालाई कुरुपता मात्रै बनाएका छैनन् दुघर्टना समेत निम्त्याएकोले राज्यले दीगो व्यवस्थापनमा गम्भीरता देखाउन आवस्यक छ ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);