रोजगारी गुमेको भन्दै तत्काल राहत उपलब्ध गराउन पर्यटन मजदुरको सरकारसंग माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रोजगारी गुमेको भन्दै तत्काल राहत उपलब्ध गराउन पर्यटन मजदुरको सरकारसंग माग

काठमाडौं, ६ असोज । कोरोनाका कारण रोजगारी गुमाएका पर्यटन मजदुरहरुले तत्काल राहत उपलब्ध नगराए आन्दोलन गर्ने बताएका छन् । पर्यटन सेवा समाज नेपाल र पर्यटन मजदुर संघर्ष समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेर केहीदिन भित्र सरकारले पर्यटन मजदुरका लागि राहत उपलब्ध नगराए कडा आन्दोलन गर्ने बताएको हो । लकडाउनका कारण लामो समय देखि श्रम गर्न नपाउँदा भौकै पर्ने स्थिति आएकाले सरकारसँग सहयोग मागेको तर अहिले सम्म सुनुवाई नभएकाले आन्दोलन गर्नुपर्ने स्थितिमा आफुहरु पुगेको मजदुर नेताको भनाई छ ।

आफुहरुले ५ वर्ष यता मजदुर कल्याणकारी कोषमा जम्मा गर्दै आएको रकम १५ करोड रुपैयाँ पुगेको तर त्यही रकम मजदुरको हितमा खर्च गर्न समेत सरकारी निकायले नमानेको पर्यटन मजदुरहरुको गुनासो छ । गत वर्षको चैत महिना यता कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गर्दा पर्यटन क्षेत्र ठप्प छ । जसका कारण हजारौंको संख्यामा रहेका पर्यटन मजदुरहरुको रोजगारी गुमेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);