पर्यटन व्यवसायीले पाएनन् पुनर्कर्जा सुविधा | ईमाउण्टेन समाचार

Our Network

भदौ १ २०८३, मंगलबार

पर्यटन व्यवसायीले पाएनन् पुनर्कर्जा सुविधा

  • सरकारले पर्यटन उद्योगका लागि राहत प्याकेज नल्याएको गुनासो
  • राहत नपाए सडकमा उत्रने धम्की

काठमाडौं, २ पुष । पर्यटन उद्योग प्रभावित उद्यमीहरुले सरकारको नीति अनुसार पुनर्कर्जा नपाए सडक आन्दोलन गर्ने धम्की दिएका छन् । पर्यटन व्यवसायीसँग सम्बध्द बिभिन्न संघ संस्थाका प्रतिनीधिहरुले बिहीबार अर्थमन्त्री बिष्णु पौडेललाई भेटेर आफुहरुलाई पुनर्कर्जा सुविधाबाट वन्चित गरिएको गुनासो राखेका थिए ।

कोरोना संक्रमणकै कारण सबैभन्दा बढी प्रभावित हुन पुगेको नेपालको पर्यटन उद्योगलाई उकास्न सरकारले अलग्गै प्याकेज नै ल्याउनु पर्नेमा त्यसो समेत हुन सकिरहेको छैन ।

नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा कोरोना प्रभावित व्यवसायलाई पुनर्कर्जा सुविधा दिने भनिएको भएपनि पर्यटनमा आबद्ध व्यवसायीलाई भने उक्त सुविधाबाट वन्चित गराईएको भन्दै व्यवसायीहरुले मन्त्री पौडेललाई भेटैरै गुनासो पोखेका छन् ।

पर्यटन सम्वद्ध संघ संस्थाका प्रतिनिधिहरुले अर्थमन्त्री पौडेललाई भेटेरै पुनर्कर्जा सुविधा नपाएको गुनासो मात्रै गरेनन् । उनिहरुले सरकारले कानेरोनाले धाराशायी बनेको पर्यटन उद्योगलाई उकास्न कुनै प्रकारको राहत प्याकेज नल्याए सडकमा उत्रिन बाध्य हुने समेत बताएका छन् ।

Leave a Reply