भ्रमण वर्षलाई आन्तरिक पर्यटनमा जोड दिन विज्ञहरुको सुझाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भ्रमण वर्षलाई आन्तरिक पर्यटनमा जोड दिन विज्ञहरुको सुझाव

jhapa paryatak

प्रमिला खतिवडा

काठमाडौं, २४ वैशाख । नेपाल भ्रमणवर्ष २०२० शुभारम्भ हुदै गर्दा कोरोना भाइरसको लप्का विश्वभर फैलियो । संक्रमणको लप्काले पर्यटन मुख्य बजारहरु नै थला परे । युरोप, अमेरिका र चीन लगातका मुलुकहरु संक्रमणबाट प्रभावित भएपछि सरकारले भ्रमण वर्षको राष्ट्रिय कार्यक्रमका स्थगित गरेको छ । भ्रमण वर्ष स्थगित भएपनि त्यसलाई आन्तरिक पर्यटन प्रवद्र्धनमा सरकारले जोड दिनुपर्ने विज्ञहरुको सुझाव छ ।

लामो समयको तयारीपछि सरकारले नेपाल भ्रमण वर्षको आयोजना गरेको थियो । भ्रमणवर्षको धुमधामको साथ जुटेको सरकारले संक्रमण फैलिएको भन्दै भ्रमण वर्ष स्थगित गरेको हो । भ्रमण वर्षको लागि सरकराले ६१ करोड निकासा गर्ने निर्णय गरेपनि जनवरी १ मै कोरोनाको प्रभाव फैलिएपछि स्थगित भएको हो । तर, कोरोनाको कहरपछि स्थगित भएको वर्ष वर्षको कार्यक्रमलाई आन्तरिक पर्यटन प्रर्वद्धनमा जोड दिनुपर्ने विज्ञहरुको सुझाव छ ।

कोरोना कहरपछि नेपाली पर्यटनले ठूलो धक्का आएको छ । विश्व अर्थतन्त्रमा कुलग्राहस्थ् उत्पादनमा १० प्रतिशत योगदान गर्ने पर्यटन क्षेत्र ओरालो लागेको छ । करिब १० प्रतिशत रोजगारी दिएको छ । नेपालको हकमा करिब १३ लाख रोजगारी दिने पर्यटन क्षेत्र पछिल्लो समय लगभग ठप्प छ ।

सरकारी तथ्यांक अनुसार २५ अर्बको क्षति भएको छ । सन २०१५ को भूकम्पको कहरपछि बिस्तारै उकालो लागेको पर्यटन क्षेत्र सन २०२० को शुरुवातीमै अर्काे झट्का बेहोरेको छ । कोरोनाको कहरले ठप्प बनेको पर्यटनलाई सावधानीपूर्वक चलायमान बनाउन अब आन्तरिक पर्यटनलाई बढावा दिनु आवस्यक छ । सरकारले भ्रमण वर्ष स्थगित गरेको छ । यो कार्यक्रमलाई दीर्घकालिनरुपमा आन्तरिक पर्यटन जोड दिन विशेष प्याकेजको आवस्यक भएको व्यवसायीहरुको निष्कर्ष छ ।

कोरोना कहरको कारण नेपालको पर्यटन क्षेत्र प्रभावित भएको छ । पर्यटकीय गतिविधि लगभग ठप्प भएको बेला स्थगित भ्रमणवर्षलाई आन्तरिक पर्यटनको प्रवद्र्धन जोड्न खाँचो छ । आन्तरिक पर्यटनको पनि उत्तिकै संभावना भएकोले आन्तरिक भ्रमणलाई प्रवद्र्धन गर्न सरकारले विशेष प्याकेज ल्याउन जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);