नेपाल भ्रमण वर्ष २०२० स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेपाल भ्रमण वर्ष २०२० स्थगित

visit-nepal-2020

काठमाडौं, १९ फागुन । कोरोना भाइरसको संक्रमण विश्वव्यापी फैलिएको भन्दै नेपाल भ्रमण वर्ष २०२० स्थगित गरिएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण वर्ष २०२० दुई वर्षका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

कोरोना भइरसको संक्रमण संसारभरि नै फैलिएको अवस्थामा पर्यटक आवागमनमा निकै कम भएको अवस्थामा भ्रमण वर्ष स्थगित गर्नुको विकल्प नभएकोले स्थगित गरिएको बताइएको छ । बैठकमा प्रधानमन्त्रीले अब सन् २०२२ मा भ्रमण वर्ष सम्पन्न गर्ने गरी तयारी गर्न समेत निर्देशन दिनुभएको छ ।

एक वर्षमा २० लाख पर्यटक ल्याउने उद्देश्यसहित ३० साउन ०७४ मा देउवा नेतृत्वको तत्कालीन सरकारले नेपाल भ्रमण वर्ष–२०२० को घोषणा गरेको थियो । प्रचारप्रसार तथा तयारीका लागि अहिलेसम्म ३० करोडभन्दा बढी खर्च भइसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);