‘नेगेटिभ सर्किट ब्रेक’ लागेर शेयर बजार बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

‘नेगेटिभ सर्किट ब्रेक’ लागेर शेयर बजार बन्द

circuit break

काठमाडौं, १९ फागुन । सोमबार नेप्से परिसूचक ६ प्रतिशतले घटेपछि शेयर बजार सर्किट लागेर बन्द भएको छ । आइतबार ४० अंकले घटेको नेप्से परिसूचक सोमबार भने झण्डै १ सय अंकले तल झरेको छ ।

कारोबार सुरु हुँदा १ हजार ५ सय ९१ दशमलव ३६ अंकमा खुलेको नेप्सेमा ९६ अंकले गिरावट आउँदा १ हजार ४ सय ९५ दशमलव ३ अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि १९ दशमलव २ अंकले घटेको छ । सोमबार २ अर्ब १५ करोड ४४ लाख २८ हजार २ सय १५ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

बजार खुलेको २ घण्टा नहुँदै ५ प्रतिशतले नेप्से घटेपछि ३० मिनेट सम्म सर्किट ब्रेक लागेको थियो । तर फेरी बजार खुलेको केही समयमै ६ प्रतिशतले गिरावट आउँदा सोमबारका लागि कारोबार पूर्णरुपमा बन्द भएको हो । बजारका लगानीकर्ता भने अल्पकालिन लागानीकर्ताले नाफा सुरक्षित गर्न लाग्दा बजार घटेको बताउँछन् ।

बजारमा उच्च गिरावट आउँदा सबैभन्दा बढी असर बीमा र बैंकिङ क्षेत्रमा परेको छ । सोमबार सबैभन्दा बढी निर्जीवन बीमा समूह ७ दशमलव ४६ प्रतिशत र जीवन बीमा समूह ७ दशमलव ४५ प्रतिशतले घटेको छ । बैंकिङ समूह पनि ६ दशमालव ७४ प्रतिशतले घटेको छ ।

बजार घटेपनि एनआइसि एसिया ब्यालेन्स फण्ड, खानिखोला हाइड्रोपावर कम्पनी, र श्री इन्भेष्टमेन्ट फाइनान्सका शेयरधनीहरुले कमाएका हुन् । प्रभु इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, गरिमा विकास बैंक, आरएसडीसी लघुवित्त, ग्रामिण विकास लघुवित्त, शिखर इन्स्योरेन्स, सुर्या लाईफ, स्ट्याण्डर्ड चार्टर्ड, नेशनल माइक्रोफाइनान्स, नबिल बैंक लागतयका कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);