संवैधानिक पदाधिकारी नियुक्तिः ‘सेल्फ रिपोर्ट कार्ड’ सार्वजनिक गर्नुपर्ने व्यवस्थालाई बाध्यकारी बनाउनुपर्नेमा सुनुवाई समितिको जोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८३, शुक्रबार

संवैधानिक पदाधिकारी नियुक्तिः ‘सेल्फ रिपोर्ट कार्ड’ सार्वजनिक गर्नुपर्ने व्यवस्थालाई बाध्यकारी बनाउनुपर्नेमा सुनुवाई समितिको जोड

काठमाडौँ 

संसदीय सुनुवाई समिति (संयुक्त)ले संवैधानिक आयोगका पदाधिकारी एवं व्यक्तिले सुनुवाइका क्रममा व्यक्त गरेका प्रतिवद्धताको कार्यान्वयन गरे/नगरेको विषयमा सम्बन्धित व्यक्तिले नै ‘सेल्फ रिपोर्ट कार्ड’ सार्वजनिक गर्नुपर्ने व्यवस्थालाई बाध्यकारी बनाउनुपर्नेमा जोड दिएको छ । शुक्रवार सिंहदरबारमा बसेको समितिको सञ्चारकर्मीसँगको छलफलमा सभापति वोधनारायण श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले सुनुवाईपछि नियुक्त भईजाने पदाधिकारी स्वयंले आफूले कार्ययोजनाअनुसार प्रगतिविवरण नागरिकसमक्ष सार्वजनिक गर्नुपर्ने बताउनु भयो ।

उहाँले समितिको कार्यविधिमा देश र नागरिकप्रति उत्तरदायी बनाउने उद्देश्यले केही विषय समावेश गरिएको भएपनि पर्याप्त नभएको बताउनु भयो । संसदीय सुनुवाईसम्बन्धी कानून निर्मार्ण गरी यो विषयलाई संस्थागत गर्नुपर्नेमा उहाँको जोड छ । उहाँले कानून बनेपछि सुनुवाइको मापदण्ड, प्रश्नको स्वरूप र जवाफदेहिताबारे स्पष्टता आउने समेत बताउनु भयो । सुनुवाइका क्रममा सोधिने प्रश्नको गुणस्तरमै नतिजा निर्भर रहने भन्दै उहाँले सही प्रश्न नभएसम्म सही जवाफ नआउने समेत बताउनुभयो । कुनै व्यक्तिको गरिमामा आघात नपुग्ने उम्मेदवारलाई प्रश्न सोध्नुपर्ने र त्यसका लागि आचारसंहिता बनाउनुपर्नेमा समेत उहाँको जोड छ । उहाँले समितिले उजुरीकर्ताको गोपनीयता र सुरक्षालाई पहिलो प्राथमिकतामा राख्ने समेत बताउनु भयो ।

Leave a Reply

ताजा समाचार