महिला आयोगमा तत्काल पदाधिकारी नियुक्त गर्न संसदीय समितिको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

महिला आयोगमा तत्काल पदाधिकारी नियुक्त गर्न संसदीय समितिको निर्देशन

mahila samiti

काठमाडौं, ३१ असार । लामो समयदेखि पदाधिकारी विहिन रहेको राष्ट्रिय महिला आयोगमा तत्काल पदाधिकारी नियुक्त गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

पदाधिकारी नियुक्ति नहुँदा नीतिगत कामहरु समेत गर्न समस्या भएको उल्लेख गर्दै संसदको महिला तथा सामाजिक समितिले तत्काल अध्यक्ष लगायतका पदाधिकारी नियुक्त गर्न बुधबार सरकारको ध्यानाकर्षण गराएको हो । यसका लागि आवश्यक समन्वय गर्न समितिले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई निर्देशन समेत दिएको छ ।

समितिकी सभापति निरुदेवी पालले लैगिंक समानता,महिला सशक्तिरण एवं लैगिंक न्यायको लागि बहुआयामिक दृष्टिकोणबाट आयोगले कार्यसम्पादन गर्नुपर्ने भएपनि पदाधिकारी अभावमा सो काम हुन नसकेको बताउनुभयो ।

समितिले लामो समयसम्म पनि संवैधानिक आयोगहरु भाडाका घरमा बसिरहेका कारण भाडामा मात्रै ठूलो रकम खर्च भएकाले सरकारी स्वामित्वमा रहेका खाली भवनहरुमा कार्यालय राख्ने व्यवस्था गर्न पनि शहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);