नेपाल भ्रमण वर्ष-२०२०को लोगो सहितको स्टीकर सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

नेपाल भ्रमण वर्ष-२०२०को लोगो सहितको स्टीकर सार्वजनिक

visitnepal-2020

काठमाडौं, १५ बैशाख । नेपाल भ्रमण वर्ष–२०२०को लोगो सहितको स्टीकर सार्वजनिक गरिएको छ ।  नेपाल भ्रमण वर्ष कार्यक्रम कार्यान्वयन उपसमितिले ‘समृद्ध नेपाल बनाऔँ, विश्वमा नेपाल चिनाऔँ’ तथा ‘गरौँ तयारी धुमधाम, पाहुनालाई गराऔँ घुमघाम’ भन्ने नारासहित स्टीकर सार्वजनिक गरेको हो ।

नेपाल पर्यटन बोर्डमा भएको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले भ्रमण वर्षको लोगो र नारासहितको स्टीकर पर्यटक बस र माइक्रोमा टाँसेर उद्घाटन गरे ।

भ्रमण वर्षको देशव्यापी प्रचार गर्ने उद्देश्यले समितिले पर्यटक सवारीसाधन तथा सार्वजनिक सवारीसाधनमा टाँसेर प्रचार प्रसार गर्ने भएको छ । कार्यक्रममा नेपाल पर्यटक यातायात पर्यटक ट्याक्सी व्यवसायी संघ तथा पर्यटन क्षेत्रका विभिन्न सङ्गठनका प्रतिनिधिलाई स्टीकर प्रदान गरिएको थियो ।

भ्रमण वर्षको लोगो तथा मूल नारा भिजिट नेपाल ‘लाइफ टाइम्स एक्सपेरियन्स’ यसअघि नै सार्वजनिक भइसकेको छ । भ्रमण वर्षको पूर्व शुरुआत ‘सफ्ट लन्चिङ’ गत चैत ३० गते पोखराबाट भएको थियो । भ्रमण वर्षको औपचारिक शुरुआत सन् २०१९ को डिसेम्बरको अन्तिम दिन गरिने सरकारको तयारी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);