'निजी क्षेत्रबिना पर्यटन प्रवर्धन असम्भव' | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

‘निजी क्षेत्रबिना पर्यटन प्रवर्धन असम्भव’

chamber1

काठमाडौं, १३ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव केदारबहादुर अधिकारीले पर्यटन प्रवद्र्धनमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताउनुभएको छ ।

भ्रमण वर्ष २०२० नजिकिदै गर्दा नेपाल चेम्बर अफ कमर्सको काठमाडौंको कान्तिपथ स्थित भवनमा पर्यटन वर्षको लोगो सहितको वोर्ड राख्ने कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै पर्यटन सचिव अधिकारीले निजी क्षेत्रबिना पर्यटन प्रवद्र्धन सम्भव नभएको बताउनु भएको हो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले पर्यटन क्षेत्र पूर्ण रुपमा व्यवसाय भएकाले भ्रमण वर्षलाई सफल बनाउन निजी क्षेत्रको सक्रियता आवस्यक रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० आयोजक समितिका संयोजक सुरज वैद्यले सरकारी र निजी क्षेत्रको सहकार्यपछि मात्र भ्रमण वर्ष पूर्ण रुपमा सफल हुने बताउनुभयो ।

नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा नेपाल चेम्बर अफ कमर्सले चेम्बर भवन कान्तिपथमा भ्रमण वर्षको लोगो र सन्देस सहितको आकृतीको होडिङ वोर्ड राखेको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);