चिनियाँ गाडीमा नेपाल भ्रमण वर्षको लोगो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

चिनियाँ गाडीमा नेपाल भ्रमण वर्षको लोगो

पोखरा, ३ असार । पर्यटन वर्ष सन् २०२० को प्रचारका लागि पोखराका पर्यटन व्यवसायीले चिनियाँ गाडीमा नेपाल भ्रमण वर्षको लोगो टाँसेर चिनियाँ पर्यटकलाई निमन्त्रणा दिएका छन् ।

चीनको हान्जाउ शहरबाट आएका चिनियाँ पर्यटकलाई पोखरामा स्वागत गर्दै पोखराका व्यवासायीले चिनियाँ पर्यटकलाई भ्रमण वर्षको निम्ता दिए । पोखरा पर्यटन परिषद्का उपाध्यक्ष गोपी भट्टराई र रेवान पोखराका सदस्य नरेश भट्टराईले चीनबाट सात वटा गाडीमा आएका पर्यटकहरुलाई स्वागत गर्दै उनीहरुको गाडीमा भ्रमण बर्षको लोगो समेत टाँसेका हुन् ।

चिनियाँ व्यवासायिको टोली नेता स्याउसीलाई नेपालको झण्डा र भ्रमण वर्षको लोगो दिदै भट्टराईले भ्रमण बर्षको निमन्त्रणा दिए । अफरोडमा चल्ने अत्याधुनीक गाडीमा चिनियाँ व्यवसायीहरु रसुवा हुँदै काठमाडौ, चितवन, लुम्बिनी हुँदै पोखरा आएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);