१८१ चिनियाँ पर्यटक काठमाडौंमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

१८१ चिनियाँ पर्यटक काठमाडौंमा

chinese tourist in NTB

काठमाडौं, ३० चैत्र । चीनबाट नेपाल भ्रमणका लागि १८१ चिनियाँ पर्यटकहरु काठमाडौंमा आइपुगेका छन् । नेपालीहरुको नयाँ वर्षको पूर्वसन्धामा बिहीवार १८१ जनाको समूह विमान चार्टर गरेर काठमाडौं आइपुगेका हुन् ।

चिनियाँ पर्यटकहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदुत छेन् सङ लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गर्नुभयो । हिमालय एयरलाइन्सको विमान चार्टर गरेर १८१ जना चिनियाँ पर्यटकहरु नेपाल भ्रमणमा आएका हुन् । उनीहरुको करिव ७ देखि १० दिन नेपालमा विभिन्न पर्यटकीय गन्तव्यहरुमा घुम्नेछन् । १८१ चिनियाँ पर्यटकलाई स्वागत गरेपश्चात संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटक आउने ढोका खुलेको बताउनु भयो । उहाँले कोरोना महामारीको कारण लामो समय नेपालमा समूहमा घुम्न प्रतिवन्ध खुला हुनु नेपाल र चीनसँगको सम्बन्ध बिस्तार भएको बताउनु भयो ।

उहाँले नेपालको पर्यटन क्षेत्रको विकासको लागि चीनको योगदानको प्रारम्भ भएको पनि उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,‘ कोरोना महामारीपछि समूहमा घुम्नसक्ने गन्तव्यको रुपमा खुला गरेको छ । समूहमा नेपाल घुम्न चीन सरकारले खुला गर्नु नेपाल र चीनबीचको सम्बन्ध बढ्छ । नेपालको पर्यटन क्षेत्रको विकासको लागि चिनको योगदानको प्रारम्भ भएको छ । सबैभन्दा बढी यो समूहमा आउने भन्ने छ । अहिले १८१ जना आउनुभएको छ । अब ढोका खुल्यो ।’

त्यस्तै, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीले नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटकहरुको महत्वपूर्ण भुमिका रहेको बताउनु भयो । उहाँले लामो समयपछि चीन सरकारले समूहमा नेपाल घुम्न अनुमति पछिको नेपाल भ्रमणमा पहिलो १८१ चिनियाँ टोली आउनु स्वागतयोग्य रहेको बताउनु भयो । उहाँले पहिलो समूहमा १८१ जना आएको र अब लगातार रुपमा ७ सय चिनियाँ पर्यटक आउने बताउनु भयो । उहाँले २०१९ मा १ लाख ६५ हजार नेपालमा चिनियाँ पर्यटक आएको बताउनु भयो । उहाँले चिनियाँ राष्ट्रपतिले भिजिट २०२० मा चीनबाट ५ लाख पर्यटक पठाउने भनेपनि कोरोनाका कारण सफल हुन नसकेको बताउनु भयो । उहाँले यो वर्ष २०१९ को भन्दा बढी चिनियाँ पर्यटक नेपालमा पाउने अपेक्षा गरिएको बताउनु भयो । उहाँले पर्यटकहरुको नेपाल बसाई एक हप्ता हुने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘लामो समयपछि चीन सरकारले समूहमा विदेश घुम्न जान अनुमति दिएपश्चात आज नेपाल भ्रमणमा आएका चिनियाँ टोलीलाई स्वागत गरेका छौं । लगातार रुपमा नेपाल आउने ७ सय जनाको चिनियाँ समूह रहेको छ । १८१ जना चिनियाँ पर्यटकलाई स्वागत गरेर सकारात्मक सन्देश दिनको लागि उपस्थित भएका छौं । नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटकहरुको महत्वपूर्ण भुमिका रहेको छ । विगत २०१९ मा १ लाख ६५ हजार जति नेपालमा चिनियाँ पर्यटक आउने गरेका थिए । कोरोना महामारीको कारण अन्य मुलुकमा खुला भएपनि चीनमा विदेश भ्रमणमा रोक थियो । शुरुमा चीनले विदेश भ्रमण खोल्दा समूहमा घुम्ने देशको सूचीमा नेपाल थिएन । पर्यटन मन्त्रीले चिनियाँ राजदुतलाई खोल्न आग्रह गर्नुभएको थियो । आग्रहअनुसार खुला गरिएको छ । चिनियाँ राष्ट्रपतिले भिजिट २०२० मा चिनबाट ५ लाख पर्यटक पठाउने भन्नुभएको थियो तर कोरोनाका कारण सफल हुन सकेन । यो वर्ष २०१९को भन्दा बढी चिनियाँ पर्यटक नेपालमा पाउने छौं । चिनियाँ पर्यटकले नेपाली नयाँ वर्षमा नेपालीहरुसँग मनाउनु हुनेछ । उहाँहरुले नेपालको सकारात्मक सन्देश लिएर चिन जानु हुनेछ । अन्य चिनियाँ पर्यटकलाई नेपाल घुम्न प्रेरित गर्नुहुने आशा लिएका छौं । पर्यटकहरुको नेपाल बसाई एक हप्ता हुनेछ ।’

त्यस्तै, पर्यटन व्यवसायी सुदर्शन नेपालले चिनियाँ पर्यटकहरुको टोली हिमालय एयरलाइन्सको विमान चार्टर उडानमार्फत लगातार आउने तालिका रहेको बताउनु भयो । उहाँले अप्रिल १९ तारिकमा अर्को उडानमार्फत आउने तालिका रहेको भन्दै पहिलो टोली भएकाले चीनमा सकारात्मक सन्देश दिनको लागि भव्य रुपमा स्वागत गरिको बताउनु भयो । उहाँले चिनियाँ पर्यटक टोलीको ८ दिनको बसाईमा ३ दिन टे«किङ जाने र ४ दिन काठमाडौं पोखरा घुम्ने बताउनु भयो । उहाँले नयाँ वर्ष लागेसँगै चिनियाँ पर्यटकको आगमन भएकाले पर्यटक व्यवसायीहरुमा नयाँ उर्जा थपेको बताउनु भयो । उहाँले चिनियाँ पर्यटक नेपालमा बढेसँगै मुलुकको अर्थतन्त्रमा ठूलो योगदान पुग्ने देखिएको बताउनु भयो ।

कोरोना महामारी पश्चात चीन सरकारले मार्च १० बाट नेपाललाई गन्तव्यका सूचिमा राखेको थियो । नेपाल गन्तव्य मुलुकमा परेपश्चात चार्टर उडानमार्फत नेपाल आउने पहिलो समूह रहेको छ । उनीहरुलाई नेपाल विग माउण्टेन ट्राभलमार्फत आएका हुन् । File Photo

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);