घर फिर्ता हुन पाउनुपर्ने माग गर्दै चिनियाँ पर्यटक पर्यटन बोर्डमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

घर फिर्ता हुन पाउनुपर्ने माग गर्दै चिनियाँ पर्यटक पर्यटन बोर्डमा

chinese tourist in NTB

काठमाडौं, १४ वैशाख । लकडाउनका कारण नेपालमै अलपत्र परेको भन्दै चिनियाँ पर्यटकहरुले आफ्नो देश जाने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । चिनियाँ पर्यटकहरु घर फिर्ता हुन पाउनुपर्ने माग गर्दै काठमाडौंको भृकुटीमण्डप स्थित पर्यटन बोर्ड पुगेका हुन् ।

२५-३० जनाको संख्यामा रहेका चिनियाँ पर्यटकहरु ‘हामी घर जान चाहन्छौं’ लेखिएका ब्यानर बोकेर पर्यटन बोर्ड पुगेका हुन् । उनीहरुले चीन जानका लागि कुनैपनि उडान नभएको र आफुहरुलाई नेपाल छाडन कुनैपनि विकल्प नभएकोले अलपत्र परेको बताएका छन् ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले लकडाउन लागू गरेपछि उनीहरु स्वदेश फिर्ता हुन नपाएका हुन् । कोरोनाका कारण चिन सरकारले नेपालमा कुनैपनि चार्टर उडान अनुमति दिन नचाहेकोले पहल गरिदिन आग्रह गर्न उनिहरु नेपाल पर्यटन वोर्डको कार्यालय पुगेका हुन् ।

चिनियाँ दुतावासले पनि घर फिर्ताका लागि कुनैपनि व्यवस्था नगरी होटलमा नै सेल्फ आइसोलेसनमा बस्न भनेको भन्दै उनिहरुले असन्तुष्टि जनाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);