लकडाउन लम्ब्याउने विषयमा निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

लकडाउन लम्ब्याउने विषयमा निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै

ktm

काठमाडौँ, १४ बैशाख । लकडाउनलाई निरन्तरता दिने विषयमा निर्णय गर्न मन्त्रिपरिषद् बैठक आज बस्दैछ । यसअघि सरकारले घोषणा गरेको लकडाउनको समयावधि भोलि सकिँदै छ ।

यसअघि शनिबार बसेको (कोभिड-१९) सम्बन्धी उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन एक साता थप गर्नु पर्ने राय दिएको थियो । लकडाउन प्रभावकारी भएकै कारण कोरोना नियन्त्रण प्रयास सही ट्र्याकमा रहेको निष्कर्ष कार्य दलले निकालेको थियो ।

यद्यपि बैठकमा केही हिमाली जिल्लामा लकडाउन खुला गर्ने, क्षेत्रगत रुपमा खुकुलो बनाउने लगायतका विकल्पका बारेमा समेत छलफल भएको थियो । उच्चस्तरीय संयन्त्रले दिएको सुझावमाथि छलफल गरि सरकारले आज थप निर्णय गर्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);