थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५१ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५१ पुग्यो

corona

वीरगञ्ज, १४ बैशाख । नेपालमा थप दुई जनामा कोरोना भाइरस भएको पुष्टी भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञप्ती जारी गरी थप दुई जनामा कोरोना भाईरस भएको पुष्टी गरेको हो । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आईतबार पुष्टी भएका दुबै जना पर्सा वीरगञ्ज निवासी ५० बर्षीय पुरुषहरु हुन् । कोरोना संक्रमित भारतीय जमातीहरुको सम्पर्कमा रहेकाहरुको परीक्षणका क्रममा छपकैयाका महानगरको सरसफाइ शाखामा कार्यरत कर्मचारीमा संक्रमित पाइएको हो ।

अर्को संक्रमित सिद्धार्थ माविको क्वारेन्टाइनमा राखिएका पुरुष हुन् । उनलाई सम्भावित संक्रमितका रुपमा क्वारेन्टाइनमा राखिएको थियो । संक्रमणको पुष्टि भएपछि दुबैलाई नारायणी अस्पताल भर्ना गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);