२४ घण्टामा थप २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

२४ घण्टामा थप २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २४ चैत । पछिल्लो २४ घण्टामा नेपालमा थप दुई सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको चार हजार २ सय ४३ पीसीआर परीक्षणमध्ये दुई सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कुल संक्रमित संख्या दुई लाख ७८ हजार ४ सय ७० पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणका कारण मृत्यु हुनेको संख्या भने शून्य रहेको छ भने एक सय १३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा संक्रमण मुक्त हुनेको संख्या दुई लाख ७३ हजार ४ सय ५५ पुगेको छ ।

संक्रमणमुक्त हुनेको यो संख्या कुल संक्रमित संख्याको ९८ दशमलव २ प्रतिशत हो । हाल नेपालमा सक्रिय संक्रमितको संख्या एक हजार ९ सय ७९ रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);