कोरोनाको दोश्रो लहरः “सीमानाकामा एन्टीजेन परीक्षणको दायरा बढाउनु पर्छ ” | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कोरोनाको दोश्रो लहरः “सीमानाकामा एन्टीजेन परीक्षणको दायरा बढाउनु पर्छ ”

मनिषा महर्जन
काठमाडौ, २४ चैत । छिमेकी राष्ट्र भारतमा हाल कोरोना संक्रमणको दोश्रो लहर चलिरहेको छ । कोरोना भाइरसविरुद्धको खोप अभियानका बावजुत पनि भारतमा संक्रमण तीब्र रुपमा बढीरहेको छ ।

भारतमा संक्रमण बढेसँगै विभिन्न कारणले भारतमा रहेका नेपालीहरु फर्किने क्रम बढेको छ । सीमानाकामा भारतबाट नेपाल फर्किनेहरुको घुइँचो बढ्न थालेको छ । यस्तो अवस्थमा नेपालमा पनि बढ्न सक्ने सम्भावनालाई मध्ये नजर गर्दै सीमामा हेल्थ डेस्क राख्ने जस्ता केही सावधानी अपनाइएका छन् ।

तर भारतमा बढेसँगै नेपालमा कोरोनाको दरलाई बढ्न नदिन सीमानाका तथा विदेशबाट त्यसमा पनि विशेष गरेर भारतबाट फकिएकाहरुको समूह समूहमा नै पुगेर एन्टीजेन परीक्षण गर्नु पर्ने जनस्वास्थ्यविद् डा.समिरमणि दिक्षित बताउँछन् ।

जनस्वास्थ्यविद् दिक्षितका अनुसार नेपालमा अहिलेको समयमा कोरोना संक्रमणको दर बढ्न नदिनका लागि एन्टीजेन परीक्षण गर्नु प्रभावकारी बन्न सक्दछ ।

उनका अनुसार स्थानीय सरकारको सहकार्यमा घुम्ती टोली नै निर्माण गरी शंकास्पद तथा संक्रमणको जोखिम धेरै भएको क्षेत्रहरुमा पुगी एन्टीजेन परीक्षण गर्न सकिए संक्रमण नियन्त्रणमा प्रभावकारी सावित हुन सक्दछ ।

सकेसम्म पीसीआर परीक्षण गर्नु राम्रो तर देशको आर्थिक अवस्थालाई मध्येनजर गर्ने हो भने पीसीआर परीक्षण सम्भव नभएको खण्डमा एन्टीजेन परीक्षणले महत्वपूर्ण भूमिका निर्वाह गर्ने जनस्वास्थ्यविद् दिक्षितको भनाई छ ।

एन्टीजेन परीक्षण पीसीआरभन्दा सस्तो परीक्षण हो । यो परीक्षण गर्नका लागि स्वास्थ्य विषेशज्ञ नै आवश्यक पर्छ भन्ने छैन भने यसले परीक्षणको नतिजा पनि तुरुन्तै दिने गर्दछ ।

जनस्वास्थ्यविद् दिक्षितका अनुसार एन्टीजेन परीक्षणले संक्रमण सार्ने उच्च क्षमता भएकाहरुमा भाइरसको उपस्थिति देखाउँछ । त्यसैले एन्टीजेन परीक्षणलाई संक्रमण नियन्त्रणका लागि प्रभावकारी मानिएको छ । अहिले एन्टीजेन परीक्षणको महत्व बढेको जनस्वास्थ्य विद् दिक्षितले बताए ।

स्वास्थ्य मन्त्री हृद्यश त्रिपाठीले सोमबार मात्रै प्रतिनिधिसभामा बोल्दै यदि नेपालमा स्वास्थ्य मापदण्ड कडाइका साथ पालना नगर्ने हो भने आगामी जेठ र असारमा कोराना भाइरस संक्रमित हुनेको संख्या बढ्ने आंकलन गरिएको जानकारी दिए । उनले पछिल्लो समयमा बढ्दो संक्रमित संख्यालाई मध्ये नजर गर्दै यसतो आंकलन गरिएको जानकारी दिए ।

जनस्वास्थ्यविद् दिक्षितले पनि नेपालमा कोरोना संक्रमण बढ्न थालेको र अझै बढ्न सक्छ भनेर तयार अवस्था रहनु पर्ने बताएका छन् । तर भारतमा बढ्यो भनेर बढ्ने भनेर सोच्नु भन्दा नेपालमा भित्र भित्रै नै कोरोना बढी रहेको उनको भनाई छ ।

यसतो अवस्थामा तराई क्षेत्रमा विषेश निगरानी बढाउनुपर्ने र काठमाडौं उपत्यकामा पनि विशेष निगरानी हुन जरुरी रहेको उनको तर्क छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);