चीनबाट अनुदानमा आएको आठ लाख डोज खोप आजदेखि लगाइदैं | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

चीनबाट अनुदानमा आएको आठ लाख डोज खोप आजदेखि लगाइदैं

काठमाडाैं,  २५ चैत । चीन सरकारले नेपाललाई अनुदान सहयोगस्वरुप प्रदान गरेको कोरोना विरुद्धको खोप आजबाट लगाईने भएको छ ।

चीनको सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको ‘भेरोसेल’ नामक खोप काठमाडौं उपत्यकाका १४ फरक–फरक स्वास्थ्य संस्थाबाट लगाइदै छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौ उपत्यकाका वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, प्रसुति गृह थापाथली, निजामती कर्मचारी अस्पताल बानेश्वर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र टीयू, नेपाल मेडिकल कलेज अत्तरखेल र काठमाडौं मेडिकल कलेज सिनामंगलबाट खोप लगाइने भएको हो ।

त्यस्तै नेपाल प्रहरी अस्पताल, वीरेन्द्र अस्पताल छाउनी, नेपाल सशस्त्र प्रहरी अस्पताल, ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र क्षेत्रपाटी निशुल्क चिकित्सालयबाट पनि खोप लगाइने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, चीनमा अध्ययन गर्न जाने तयारीमा रहेका व्यक्ति, हिमाल पार व्यापार गर्ने नेपाली व्यापारी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटेल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, औषधि, तरकारी, फलफूल लगायतका व्यापारी, प्रध्यापकहरुलाई खोप लगाउने कार्यक्रम रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);