नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु, २९९ संक्रमित थपिए | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु, २९९ संक्रमित थपिए

काठमाडौं । नेपालमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ भने
थप २९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। सो अवधिमा ५७७ जना निको भएका छन्।

देशभरबाट ४३३७ नमूना परीक्षण गर्दा २९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १६७० र एन्टिजेनबाट २६६७ नमूनाको परीक्षण गर्दा पीसीआरबाट १८० र एन्टिजेनबाट ११९ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

हाल कोरोना सक्रिय संक्रमितको संख्या ४६२५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);