कोरोनाका कारण पछिल्लो चौबिस घण्टामा थप दुई जनाको मृत्यु, ३४७ जना नयाँ संक्रमित | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०७९, आइतबार

कोरोनाका कारण पछिल्लो चौबिस घण्टामा थप दुई जनाको मृत्यु, ३४७ जना नयाँ संक्रमित

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो चौबिस घण्टामा थप दुई जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको चौबिस घण्टामा नेपालमा ३४७ जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन् । पीसीआर विधिबाट २ हजार ३६० र एन्टीजेन विधिबाट १ हजार ५२८ गरी कुल ३ हजार ८८८ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण भएको पाइएको हो । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ११ लाख २५ हजार ११४ जनामा कोरोना संक्रमण भएको पुष्टी भइसकेको छ । पछिल्लो चौबिस घण्टामा ९५ जना संक्रमित निको भएका छन् । हाल देशभर सक्रिय कोरोना भाइरस संक्रमितको संख्या ३ हजार १७७ रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply