थपिए ५६४ जना नयाँ कोरोना संक्रमित, एक जनाको मृत्यु  | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

थपिए ५६४ जना नयाँ कोरोना संक्रमित, एक जनाको मृत्यु 

काठमाडौं। पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको ५६४ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन विधिबाट ४ हजार ४५४ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा कोरोना भाइरसको संक्रमण भएको पाइएको हो । बितेको चौबिस घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोही अवधिमा कोरोना भाइरस संक्रमित २०२ जना निको भएका छन् ।

हाल देशभर कोरोना भाइरस सक्रिय संक्रमितको संख्या ३ हजार ९२९ रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);