२४ घण्टामा थपिए २४ सय १ जना कोरोना संक्रमित, १४ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

२४ घण्टामा थपिए २४ सय १ जना कोरोना संक्रमित, १४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो चौबिस घण्टामा देशभर २ हजार ४०१ जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा कोरोनाका कारण १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा ११ हजार ६०३ जनाको पीसीआर र ४ हजार ७५३ जनाको एन्टीजेन गरी कूल १६ हजार ३५६ जनाको कोरोना परिक्षण गरिएको थियो । 

बितेको चौबिस घण्टामा ७ हजार ७७७ जना कोरोना संक्रमित निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या ३० हजार २४१ रहेको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशमा कूल ११ लाख ६ हजार ६१७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमितमध्ये हालसम्म ११ हजार ८५२ जनाले ज्यान गुमाएका छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);