थपिए २२७ जना कोरोना संक्रमित, एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

थपिए २२७ जना कोरोना संक्रमित, एक जनाको मृत्यु

काठमाडौं। पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको २२७ जना नयाँ संक्रमित थपिएका छन् ।

कुल ४ हजार ४०१ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण भएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बितेको चौबिस घण्टामा पीसीआर विधिबाट १ हजार ५१८ र एन्टीजेन विधिबाट २ हजार ८८३ जनाको कोरोना परिक्षण गरिएको थियो।सोही अवधिमा कोरोना भाइरसको संक्रमणका कारण एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

हाल देशमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या २ हजार ४७३ रहेको छ। बितेको चौबिस घण्टामा १६८ जना संक्रमित निको भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);