काठमाडौँ । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष नेता घनश्याम भुसालले नेपाली काँग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरवलोकनका लागि निस्सा दिनु अस्वभाविक भएको टिप्पणी गर्नुभएको छ । आईतवार काठमाडौंमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ विषयक राष्ट्रिय बहसमा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले अब सर्वोयच्च अदालतले विशेष महाधिवेशनमार्फ निर्वाचित गगनकुमार थापा नेतृत्वको काँग्रेसलाई दिइएको वैधानिकता उल्टिन सक्ने आशंका समेत व्यक्त गर्नुभयो ।
उहाँले उक्त मुद्दामा सर्वोच्च अदालतको आदेशपछि मुलुकको राजनीतिक परिस्थिति थप जटिल बन्न सक्ने बताउँदै त्यसबाट संविधान र लोकतन्त्रमाथि नै संकट आउन सक्ने चेतावनी दिनुभयो । उहाँले सरकार र सत्तारुढ दलले आफ्ना कमजोरी ढाक्न ठूलो गतिविधि गर्न सक्ने वा पुरानै नेतृत्वलाई निरन्तरता दिने प्रयास गर्न खोजेको आरोप पनि लगाउनु भयो । उहाँले सत्तारुढ दल रास्वपाले पुराना राजनीतिक शक्तिहरुमा पुराना नेता रहिरहुन् भन्ने चाहेको आरोप पनि लगाउनु भयो ।उहाँले यदि काँग्रेस विवादसम्बन्धी मुद्दा उल्टिए त्यसले संविधान र लोकतन्त्रमाथि समेत प्रहार गर्नसक्ने चेतावनी दिनुभयो ।




