आगामी जेठ ५ सम्म लकडाउन लम्बियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

आगामी जेठ ५ सम्म लकडाउन लम्बियो

ktm

काठमाडौं, २४ वैशाख । सरकारले जारी लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १० दिन थप्ने निर्णय गरेको हो ।

जारी लकडाउनको अवधी भोली समाप्त हुँदैथियो । लकडाउनको अवधि सकिनु अघि सरकारले आज थप १० दिन लम्व्याउने निर्णय गरेको हो । हिजो बसेको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको सिफारिसअनुसार मन्त्रिपरिषदले लकडाउन लम्व्याउने बिषयमा निर्णय गरेको हो ।

समितिले संक्रमण फैलिएका, धेरै परीक्षण नभएका र संक्रमण नदेखिएका गरी तीन वर्गमा बाँडी त्यसैअनुसार लकडाउन खुकुलो बनाउँदै लैजाने सिफारिस गरेको भएपनि सरकारले लकडाउनलाई अहिलेकै स्वरुपमा निरन्तरता दिने निर्णय गरेको हो । गृहमन्त्री रामबहादुर थापाले मंगलबार संसदीय समितिमा लकडाउन खुकुलो बनाउँदै लैजानुपर्ने बताउनुभएको थियो । तर, मंगलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसहित बालुवाटारमा बसेको समितिको बैठकले विभिन्न स्थानमा संक्रमण देखिने क्रम जारी रहेको भन्दै लकडाउन खुकुलो बनाउनु नहुने निष्कर्ष निकालेको थियो ।

विज्ञहरुले कोरोना भाइरसको पर्याप्त परीक्षण नभएको भन्दै लकडाउन खुकुलो बनाउनु नहुने सुझाव दिएका थिए भने अर्थशास्त्री र पूर्व अर्थमन्त्रीहरुले भने आर्थिक क्षेत्र तहसनहस हुने भन्दै क्षेत्रगत रुपमा लकडाउन खुकुलो बनाउनुपर्ने सुझाव दिएका थिए । लकडाउन सुरु गर्दा दुईजनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा लकडाउन डेढ महिना पुग्दा संक्रमितको संख्या ८२ पुगेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);