कपिलवस्तुकाे यी क्षेत्रमा लकडाउन थप खुकुलो पारिदै | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८१, आइतबार

कपिलवस्तुकाे यी क्षेत्रमा लकडाउन थप खुकुलो पारिदै

कपिलवस्तु । कपिलवस्तुमा पछिल्लो पटक थपिएको लकडाउन सोमबार (आज) राति १२ बजे सकिदै छ।

जिल्ला कोरोना संकट व्यवस्थापन समिति (डिसीएमसी) ले पाचौं पटकका लागि गएको जेठ ३१ गते थप गरेको लकडाउनको समय आज सकिन लागेको हो । यद्यपि जिल्लामा आशिंक लकडाउनको अवधि भने थप हुने भएको छ ।

जिल्लामा कोरोना भाइरसको दोस्रो भेरियन्टको संक्रमण विस्तारै कम हुँदै गएकाले लकडाउनलाई खुकुलो बनाउन लागिएको हो । विगत बैशाख २१ देखि जिल्लामा लकडाउन लागु भएपनि गएको जेठ ३१ गते राति १२ बजेदेखि थप खुकुलो बनाइएको थियो ।

पछिल्लो हप्ताको लकडाउनमा सरकारी कार्यालय खुल्ला भएका छन भने व्यापारी व्यवसायीले विहान ९ देखि साँझ ५ बजेसम्म पसल सञ्चालनको अनुमति पाएका छन् । स्रोतका अनुसार सोमबार बस्ने डिसीएमसीको बैठकले जिल्लामा लकडाउनलाई थप खुकुलो बनाउँदै छ ।

अब सबै सरकारी कार्यालय खुल्ला हुनेछन् भने समस्यामा परेका पसल, व्यवसायलाई पहिचान गरी थप खुकुलो बनाइने छ । विहान ९ बजे देखि साँझ ५ बजेसम्म खुलाउने भनिएको पसलबारे पनि थप छलफल हुने छ । यो निर्णय अव्यवहारिक भएको भन्दै टिप्पणी हुँदै आएको छ ।

यस्तै लकडाउनबारे धेरै क्षेत्रमा खुकुलो पारिए पनि सार्वजनिक यातायातका साधन भने पूर्ण रुपमा रोक लगाइने छ । बाहिरी जिल्लाले लिने निर्णयको आधारमा यस बारे थप निर्णय हुने डिसीएमसी स्रोतले बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);