वीरगञ्जमा एक सेनाले ड्युटी मै आफैलाई गोली हाने | ईमाउण्टेन समाचार

Our Network

भदौ ३ २०७९, शुक्रबार

वीरगञ्जमा एक सेनाले ड्युटी मै आफैलाई गोली हाने

पर्सा । वीरगञ्जस्थित नेपाली सेनाको चण्डी प्रसाद गणका एक जवानले आफैलाई गोली हानेका छन् ।

पर्साको पोखरिया नगरपालिका –७ सतवरिया टोलका २२ वर्षीय श्यामबाबु प्रसाद चौहानले आइतबार राति साढे ८ बजे आफैलाई गोली हानी आत्महत्याको प्रयास गरेका हुन् । ती सिपाहीले आफैले बोकेको एन १६ राइफलबाट आफैलाई हानेको पर्सा प्रहरीले जनाएको छ ।

सिपाही चौहान ब्यारेकभित्र पोस्टमा ड्युटीमा खटेको बेला नै यस्तो घटना भएको हो । उनले चिउँडोमुनिबाट गोली हानी आँखा मुनिबाट निस्किएको पर्सा प्रहरीले जनाएको छ ।

घाइते चौहानलाई नारायणी अस्पतालमा प्रारम्भिक उपचार गराई नेसनल मेडिकल कलेज वीरगञ्ज लगिएको छ । हाल उनको अवस्था गम्भीर रहेको बताइएको छ ।

घटनाबारे थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

Leave a Reply