कपिलवस्तु प्रहरीद्वारा मास्क नलगाई हिँड्ने १९ जनालाई कारबाही | ईमाउण्टेन समाचार

Our Network

मंसिर ४ २०८३, शुक्रबार

कपिलवस्तु प्रहरीद्वारा मास्क नलगाई हिँड्ने १९ जनालाई कारबाही

कपिलवस्तु । कोरोनाका बेला जारी निषेधाज्ञामा समेत मास्क नलगाई बजार हिँडडुल गर्ने १९ जनालाई प्रहरीले आइतबार कारबाही गरेको छ ।

तौलिहवा बजारमा मास्क प्रयोग नगर्ने तथा अन्य मापदण्ड पालना नगर्नेलाई नियन्त्रणमा लिई संक्रमण रोग ऐन र कोभिड –१९ सम्बन्धीअध्यादेश बमोजिम कारबाही गरिएको हो ।

उनीहरुलाई प्रतिव्यक्ति २ सयका दरले जरिवना तिराइएको प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए । एक पटककालागि जरिवाना तिराइ छाडिएको उनले जानकारी दिए ।

प्रहरी, सामुदायिकप्रहरी, नागरिक समाजको संयुक्त आयोजनामा तौलिहवा बजारमा गरिएको सचेतना कार्यक्रम कै बीच उनीहरुलाई प्रहरीले कारबाही गरेको थियो ।

सचेतनामुलक कार्यक्रममै बजारमा हिँडडुल गर्ने व्यक्तिहरुले मास्क लगाए नलागएको अनुगमन समेत गरिएको थियो ।

Leave a Reply

ताजा समाचार