कपिलवस्तुमा निषेधाज्ञाको अवज्ञा गर्ने ९९ सवारी साधन कारबाहीमा | ईमाउण्टेन समाचार

Our Network

चैत २४ २०८०, शनिबार

कपिलवस्तुमा निषेधाज्ञाको अवज्ञा गर्ने ९९ सवारी साधन कारबाहीमा

कपिलवस्तु। कपिलवस्तु प्रहरीले बुधबार निषेधाज्ञाको समयमा पनि अत्यावश्यक नभई सडकमा गुडेका ९९ सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही गरेको छ ।

बुधबार कपिलवस्तु निषेधाज्ञाको दोश्रो दिन निषृधाज्ञा अवज्ञा गर्ने ९९ सवारी साधनलाई कारबाही गरेको प्रहरीले जनाएको छ ।

आफु खुसी सवारी साधनमा आवत– जावत गर्ने व्यक्तिहरुबाट ९४–मोटरसाईकल, ४–अटोरिक्सा र १–ट्याक्टर गरी ९९ सवारी साधनहरु निषेधाज्ञाको अवज्ञा गरेकाले नियन्त्रणमा लिई तोकिएको कानून बमोजिम आवश्यक कारवाही गरिएको छ ।

साथै, अनावश्यक हिंड–डुल गर्ने व्यक्तिहरुलाई केही समय होल्ड गरी सम्झाई–बुझाई, मास्क प्रयोग नगरेका व्यक्तिहरुलाई मास्क समेत दिई प्रहरीले घर पठाईएको छ ।

कपिलवस्तुमा कुल संक्रमितको संख्या तीन हजार १ जना छ भने २ हजार १ सय ७२ जना निको भएर घर फर्किसकेका छन् । कपिलवस्तुमा हाल सक्रिय संक्रमितको संख्या आठ सय २९ रहेको छ, भने मुत्यु संख्या ५६ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

हाल विश्वकै अवस्था जीवन– मरणको संघारमा रहेको र मानवीय जगतको अस्तित्वका लागि पनि केही समय घर भित्रै रहेर साथ र सहयोग गरिदिनु हुन जिल्ला प्रहरी कपिलवस्तुले अपिल समेत गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);