तोकेभन्दा बढी भाडा लिने सवारी साधन कारवाहीमा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

तोकेभन्दा बढी भाडा लिने सवारी साधन कारवाहीमा

bus

लुम्बिनी । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले तोकिएको भन्दा बढी भाडा लिने सवारी साधनलाई कारबाही गरेको छ । निषेधाज्ञाको फाइदा उठाई तोकेको भन्दा बढी भाडादर अशुल्ने सवारी साधनलाई कारबाही गरिएको हो ।

सन्धिखर्क–गोरुसीङ्गे सडक खण्डमा चल्ने सवारि साधनबाट चर्को भाडा लिएको गुनासो आएपछि जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले चेकजाँच गर्दा तोकिएको भन्दा बढी भाडा लिएको भेटिएपछि उनीहलाई कारवाही गरिएको हो ।

तीन वटा हाइस, दुई वटा बस र एउटा जिपलाई निश्चित दररेटभन्दा बढी भाडा लिएको भन्दै प्रहरीले कारबाही गरेको हो । सवारी साधनलाई नियन्त्रणमा लिई तोकिएको भन्दा बढी भाडा फिर्ता गर्न लगाइएको र जनही १ हजार ५ सयका दरले जरीवान समेग गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक अम्मरबहादुर थापाले बताएका छन्।प्र

हरी कार्यालय परिसरमा स्थानीय जनप्रतिनिधि, यातायात व्यवसायीका पदाधिकारी लगायतको उपस्थितिमा चालक तथा सहचालकहरुलाई प्रशिक्षण एवं ट्राफिक नियमका बारेमा जानकारी समेत गराइएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);