यात्रुबाट बढी भाडा लिने १७ वटा र बढी यात्रु बोक्ने ३३ वटा सवारीलाई कारवाही | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

यात्रुबाट बढी भाडा लिने १७ वटा र बढी यात्रु बोक्ने ३३ वटा सवारीलाई कारवाही

traffic jam

काठमाडौं, ९ साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिने १७ वटा सार्वजनिक सवारी साधनलाई कारवाही गरेको छ । ट्राफिक प्रहरी आफैँ यात्रु बनेर कारवाही अभियान चलाएको महाशाखाले जनाएको छ ।

त्यस्तै, तोकिएको संख्या भन्दा बढी यात्रु राख्ने ३३ वटा सार्वजनिक सवारी साधनलाई कारवाही गर्नुका साथै स्वास्थ्य मापदण्ड अनुसार नचलाइएका १,१५२ वटा सार्वजनिक सवारी साधनलाई सम्झाइवुझाई पनि गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक बामदेव गौत्तमले सादा पोशाकमै ट्राफिक प्रहरी खटाएर बढी भाडा लिने र ५० प्रतिशत भन्दा बढी यात्रु राख्ने विरुद्ध कारवाही चलाएको जानकारी दिनुभयो ।

“यात्रु ठगीका घटना रोक्नका साथै कोरोना संक्रमण रोकथामको लागि सामाजिक दुरी कायम गराउन तथा चालक र यात्रुले अनिवार्य मास्क, सेनिटाईजर लगाएको-नलगाएको र ५० प्रतिशत मात्र यात्रु राखे-नराखेको अनुगमन गर्ने विशेष अभियान चलाएको हो ।” उहाँले भन्नुभयो “ती सवारी चालकहरूलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ अनुसार तोकिएको जरिवाना गराईएको छ ।”

प्रहरीले आफैँ यात्रु बनि निगरानी गरेर तथा गाडीबाट ओर्लिएका यात्रुसँग जानकारी लिएर उनीहरुलाई कारवाहीको दायरामा ल्याउने गरेको छ । यसका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले पीडित सहायता इकाईबाट सादा पोशाकमा ट्राफिक प्रहरीको टोलीलाई परिचालन गरेको छ ।

महाशाखाले सार्वजनिक सवारी साधनले बढी भाडा लिएको, सामाजिक दुरी कायम नगरेको, स्वास्थ्य मापदण्ड पूरा नगरी चलाएको सुचना नजिकको ट्राफिक प्रहरी वा हटलाईन १०३ मा जानकारी गराउनु हुन पनि अनुरोध गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);