ट्राफिक प्रहरीद्वारा १९ करोड राजस्व संकलन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ट्राफिक प्रहरीद्वारा १९ करोड राजस्व संकलन

श्याम गुप्ता,
बारा । प्रदेश नम्बर २ ट्राफिक प्रहरी कार्यालय, पथलैया बाराले गत आर्थिक वर्ष २०७७/७८ मा १९ करोड रुपैयाँ भन्दा बढी राजस्व संकलन गरेको छ ।

गत आ.व.मा सवारी नियम उल्लंघन गर्नेलाई कारवाही गरेर १९ करोड १६ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।

भारवहन क्षमता भन्दा बढी तौल बोक्ने ढुवानीका साधनलाई यातायात व्यवस्था कार्यालयमा पठाइएको र त्यसबाट ६९ लाख ८८ हजार रुपैयाँ संकलन भएको प्रदेश नं।२ ट्राफिक प्रहरी कार्यालय, पथलैया बाराका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक हिमालय श्रेष्ठले जानकारी दिएका छन् ।

चालक तथा सर्वसाधारणलाई सवारी सम्बन्धी नियम बारे जानकारी दिन चेतना मूलक कार्यक्रमहरू सञ्चालन गरिएको कार्यालयका सूचना अधिकृत ट्राफिक प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले बताए ।

पछिल्लो १ वर्षमा आयोजित २ हजार ८ सय यस्ता कार्यक्रममा १ लाख २६ हजार भन्दा बढीको सहभागिता रहेको पनि जैसवारले बताए ।

ट्राफिक प्रहरीले गत आ।वमा १ सय ६ वटा चोरी तथा भन्सार छलीका सवारी साधन पक्राउ गरेर कारबाहीका लागि भन्सार र राजस्व अनुसन्धानको जिम्मा लगाएको छ ।

ट्राफिक प्रहरीले चालू आ.व. २०७८र०७९ को सुरुवातसँगै यात्रुसँग बढी भाडा असुल्ने सवारी साधन माथि कारवाही तीव्र पारेको छ । कोरोना महामारीका कारण सवारीसाधन कम चलेको र हालै सरकारले भाडा बढाएको मौका छोपी तोकिएको भन्दा बढी भाडा लिने प्रवृत्ति बढे पछि चेकजाँच तीब्र पारिएको ट्राफिक प्रहरीले बताएको छ ।

प्रदेश ट्राफिकले यही साउन २ र ४ गते गरेको चेकजाँचका क्रममा ३० वटा सवारी साधनले यात्रुसँग तोकिए भन्दा बढी भाडा लिएको भेटिएको प्रहरी नायव उपरीक्षक जैसवारले जानकारी दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);