चाँदीजस्तै देखिने गहनासहित एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

चाँदीजस्तै देखिने गहनासहित एक जना पक्राउ

नितेश कर्ण,
पर्सा । वीरगञ्जबाट चाँदीजस्तै देखिने धातुका गहनासहित एक जना पक्राउ परेका छन् । ६ के.जी. १६८ ग्राम चाँदीजस्तै देखिने गहनासहित प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बारा जिल्लाको प्रसौनी गाउँपालिका वाड नं ६ बस्ने नागेन्द्र साह सोनार रहेका छन् ।

भारतबाट अबैधरुपमा ल्याइरहेको गहनासहित सोनारलाई जिल्ला प्रहरी कार्यालय पर्सा बाट खटिएको टोलीले वीरगन्ज महानगरपालिका वडा नं १६ शंकराचार्य गेटमा पक्राउ गरेको हो ।

रक्सौलबाट पैदलै आइरहेका सोनारलाई प्रहरीले शंका लागेर चेक जाँच गर्दा निजको साथबाट बोकेको कालो साइड ब्यागभित्र ६ किलो १६८ ग्राम चाँदी जस्तो देखिने धातुबाट बनेको तयारी गरगहना बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

तयारी गहनासहित पक्राउ परेका व्यक्तिलाई थप कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइने उनले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);