यात्रुसंग बढी भाडा लिने सवारी साधनलाई कारबाही | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

यात्रुसंग बढी भाडा लिने सवारी साधनलाई कारबाही

traffing checking

काठमाडौं, २९ असोज । ट्राफिक प्रहरी कार्यालय चितवनले चाडपर्वको समयमा यात्रुसंग बढी भाडा लिने सवारी साधनलाई धमाधम कारबाही गर्न थालेको छ ।

सार्वजनिक सवारीसाधनले यात्रुबाट चर्को भाडा असुल्ने गरेको गुनासो आएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सवारीसाधनलाई चेकजाँच गरी यात्रुहरुलाई भाडा फिर्ता गराएको हो । ट्राफिकले सानाठूला सवारीसाधनलाई कारबाही गरी आइतवार मात्रै १७ हजार रुपैंया फिर्ता गराएको छ । चेकजाँचका क्रममा यात्रुबाट पचास रुपैंया देखि १ सय ५० रुपैंया सम्म बढी भाडा लिएको ट्रफिक प्रहरीको भनाई छ ।

सर्वसाधारणले चर्काे भाडा लिएको गुनासो आउन थालेपछि राजमार्गका विभिन्न भागमा छड्के जाँच गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख बेद प्रसाद गौतमले बताए । उनले स्थानीय रुटमा चल्ने, चितवनबाट टिकट काटेर अन्य जिल्ला जाने सवारीसाधनलाई चेक जाँच गरी भाडा फिर्ता गरिएको ट्राफिक प्रहरीको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);