रुपन्देहीमा निषेधाज्ञाको अवज्ञा गर्ने ३ जना कारागार चलान | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

रुपन्देहीमा निषेधाज्ञाको अवज्ञा गर्ने ३ जना कारागार चलान

भैरहवा । जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञाको अवज्ञा गर्ने ८ जनालाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नियन्त्रणमा लिई कारबाही गरेको छ ।

सम्झाई बुझाई गर्दा प्रहरी अधिकृत समेतको टोलीलाई डिउटीमा बाधा अवरोध पु¥याएको हुँदा निजहरुलाई नियन्त्रणमा लिई संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम ७ जना पुरुषहरुलाई १ महिना कैद वा सो बराबरको जरिवाना अनुरुप जनही ९ हजार १ सय र १ जना महिलालाई जरिवाना बापत रु ६ सय जरिवाना तोकिएकोमा ५ जना व्यक्तिहरुलाई कैद र जरिवाना वापतको रकम दाखिला गराई छाडिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्य नारायण थापाले बताए ।

त्यसैगरि ३ व्यक्तिहरु १ महिना कैद वा सो बराबरको जरिवाना अनुरुप जनही रु ९ हजार एक सय तिर्न नसकी कारागार कार्यालय चलान भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);