रुपन्देहीमा निषेधाज्ञा अबज्ञा गर्ने ३ जनालाई २७ हजार ३ सय जरिवाना | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

रुपन्देहीमा निषेधाज्ञा अबज्ञा गर्ने ३ जनालाई २७ हजार ३ सय जरिवाना

शशि पन्थी,
भैरहवा ।
रुपन्देहीमा निषेधाज्ञा अबज्ञा गर्ने ३ जनालाई नियन्त्रणमा लिई जम्मा २७ हजार ३ सय जरिवाना लिइएको छ ।

रुपन्देहीमा ७८ साल बैशाख १६ गतेदेखि जेठ १३ गते सम्मको लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञाको अबज्ञा गर्नेहरुलाई नियन्त्रणमा लिई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

बुटवल उप–महानगरपालिका वडा नम्बर ९ मिलनचोक स्थित सेराज रेष्टुरेण्ट संचालन गरी अनावश्यक भिडभाड गराई निषेधाज्ञाको अबज्ञा गरिरहेको अबस्थामा जेठ २ गते वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट डिउटीमा खटिएको प्रहरी टोलीले निषेधाज्ञा सम्बन्धी सम्झाई बुझाई गर्दा प्रहरी अधिकृत समेतको टोलीलाई डिउटीमा बाधा अबरोध र्पुयाएको हुँदा ३ जनालाई नियन्त्रणमा लिइ कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रबक्ता सत्य नारायण थापाले बताए ।

निजलाई संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम आवश्यक कारवाहीको लागी जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा पठाईएकोमा निजहरुलाई एकमहिना कैद वा सो बराबरको जरिवाना अनुरुप जनही ९ हजार १ सय जरिवाना तोकिएकोमा निजहरु उपर लागेको कैद र जरिवाना वापतको रकम २७ हजार ३ सय दाखिला गराई छाडिएको प्रहरी प्रबक्ता सत्य नारायण थापाले बताए ।

गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका वडा नम्बर ८ स्थायी वतन भई हाल रुपन्देही जिल्ला बुटवल उप महानगरपालिका वडा नम्बर ४ वस्ने बर्ष ४४ को उक्त होटल संचालक शेर बहादुर भण्डारी, जिल्ला स्याङ्जा चापाकोट नगरपालिका वडा नम्बर १० स्थायी वतन भई हाल जिल्ला रुपन्देही बुटवल उप महानगरपालिका वडा नम्बर ११ वस्ने बर्ष ४० को उक्त होटल संचालक शम्भु भट्टराई र जिल्ला रुपन्देही बुटवल उप महानगरपालिका वडा नम्बर ११ वर्ष २० को उक्त होटल बारटेण्डर रुकुम मगरसंग जरिवाना दाखिला गराई छाडिएको प्रहरी प्रबक्ता सत्यनारायण थापाले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);