निषेधाज्ञा उल्लङ्घन गर्ने एक जनालाई ९ हजार १ सय जरिवाना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

निषेधाज्ञा उल्लङ्घन गर्ने एक जनालाई ९ हजार १ सय जरिवाना

भैरहवा । रुपन्देहीमा निषेधाज्ञा उल्लङ्घन गर्ने एक जनालाई प्रहरीले पक्राउगरि कारबाही गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले वैशाख १६ गतेदेखि जारी गरेको निषेधाज्ञाको अवज्ञागर्ने चितवनको राप्ती नगरपालिका–४ घर भइ हाल सिद्धार्थ नगर नगरपालिका–४ बस्ने ३४ वर्षिय मोहन श्याम वलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रशासन कार्यालय पठाइएका वलीलाई संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम एक महिना कैद वा सो बराबरको जरिवाना अनुरुप ९ हजार १ सय रुपैयाँ जरिवाना लिई छाडिएको रुपन्देहीजिल्लाका प्रहरी प्रबक्ता तथा प्रहरी नायब उपरिक्षक (डीएसपी) सत्य नारायण थापाले जानकारी दिए ।

निषेधाज्ञाको पालना गराउन खटिएको प्रहरी टोलीले सम्झाई बुझाई गर्दा प्रहरी अधिकृत समेतको टोलीलाई डिउटीमा बाधा अवरोध पुर्याउने वलीलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) सत्यना रायणथापाले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);