सप्तरीमा निषेधाज्ञा उल्लंघन गर्ने १३ जना पसल संचालक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

सप्तरीमा निषेधाज्ञा उल्लंघन गर्ने १३ जना पसल संचालक पक्राउ

सुमन रायमाझी,
सप्तरी । सप्तरीमा मंगलबार निषेधाज्ञा उल्लंघन गरी पसल संचालन गर्ने राजविराजका १३ जना पसल संचालकहरु पक्राउ परेका छन ।

बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमण नेपालमा तिब्र रुपमा फैलिदै गएको अवस्थामा सोको रोकथाम, नियन्त्रण गर्नको लागी जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा राजबिराज बजार लगायत जिल्लाका बिभिन्न स्थानहरुमा निषेधाज्ञा जारी गरेको छ ।

निषेधाज्ञाको अवज्ञा गरी किराना, कस्मेटिक, मोबाईल, कपडा, तथा फलफुल पसलहरु अटेर गरि खोली ब्यापार गरेको हुनाले १३ जना राजविराजका पसल संचालकहरुलाई नियन्त्रणमा लिइएको छ ।

नियन्त्रणमा लिइएको १३ जना पसल संचालकहरुलाई कोभिड १९ संकट ब्यवस्थापन अध्यादेश २०७८ बमोजिम कारवाही गरि जरिवाना लिई छाडेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);